Kathmandu Press

हेलिकोप्टर दुर्घटनामा चर्चित बास्केटबल खेलाडी ब्रायन्टको मृत्यु

काठमाडौं, माघ १३ : अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा ९ जनाको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा....

हेलिकोप्टर दुर्घटनामा चर्चित बास्केटबल खेलाडी ब्रायन्टको मृत्यु

काठमाडौं, माघ १३ : अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा ९ जनाको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा ‘महान्’ अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको पनि मृत्यु भएको छ । ४१ बर्षका खेलाडी ब्रायन्ट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको ज्यान गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा परी ब्रायन्टको निधन भएकोप्रति हलिउडका सेलिब्रेटीदेखि अमेरिकी नेताहरुले दुख व्यक्त गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि ब्रायन्टको निधनमा दुख व्यक्त गरेका छन् ।  हेलिकप्टरमा चालकदलका सदस्यसहित ९ जना रहेका थिए।

सन् २०१६ मा सन्यास लिएका ब्रायन्टले आफ्नो २० वर्षे करियरमा लस एन्जेल्स लेकर्स तर्फबाट खेल्दै आएका थिए । 

प्रकाशित मिति: ०८:०३ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्