ला लिगाको शीर्ष स्थानमा रियल मड्रिड
काठमाडौं, माघ १३ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति सम्पन्न खेलमा रियल भालाडोलिडलाई हराउँदै मड्रिड....

काठमाडौं, माघ १३ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति सम्पन्न खेलमा रियल भालाडोलिडलाई हराउँदै मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा मड्रिड क्लबले १–० विजयी भएको हो ।
मड्रिडको जीतमा नाचोले गरेको एक गोल नै निर्णायक बन्यो ।
शीर्ष स्थानको रियलको २१ खेलबाट ४६ अंक छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग तीन अंकको अग्रता लिएको छ ।
प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











