Kathmandu Press

चुनावी एजेण्डा पुरा गर्दै मेयर बालेन, महानगरमा सीसीटीभी जडानका लागि प्रहरीलाई ६ करोड

शुक्रबार विहान सामाजिक सञ्जालमा मेयर शाहले भने, चुनाब पहिले मैले भनेको थिए चोक चोकमा (सीसीटीभी) हाल्नेछु , यसको सुरुवात हामीले यसको  जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ । 
चुनावी एजेण्डा पुरा गर्दै मेयर बालेन, महानगरमा सीसीटीभी जडानका लागि प्रहरीलाई ६ करोड

काठमाडौं, वैशाख ८ : काठमाडौं महानगरपालिकाले सीसीटीभी जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचा अनुसार चोक चोकमा (सीसीटीभीं) जडानको सुरुवात भएको बताएका छन् । शुक्रबार विहान सामाजिक सञ्जालमा मेयर शाहले भने, चुनाब पहिले मैले भनेको थिए चोक चोकमा (सीसीटीभी) हाल्नेछु , यसको सुरुवात हामीले यसको  जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ । 

Hardik ivf

सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको हौं । यो सुरुवात मात्र हो । हामी भविष्यमा अझै धेरै सहकार्य गर्नेछौँ, मेयर शाहले चनेका छन् ।

सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको उनले बताए ।

प्रकाशित मिति: ०८:५३ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्