Kathmandu Press

नेपाली सेनामा ४ हजार ५ सयलाई रोजगारको अवसर

माग गरिएको मध्ये खुलातर्फ दुई हजार ३५१ संख्या छ। यस्तै सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको छ। 
नेपाली सेनामा ४ हजार ५ सयलाई रोजगारको अवसर

काठमाडौं, वैशाख ८ : नेपाली सेनाले सैन्य पदका लागि चार हजार ५०० जनाको आवेदन माग गरेको छ। शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी सेनाले जनशक्ति माग गरेको हो। 

माग गरिएको मध्ये खुलातर्फ दुई हजार ३५१ संख्या छ। यस्तै सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको छ। 

Hardik ivf

यीमध्ये सबैभन्दा धेरै काठमाडौं, सुर्खेत, कास्की र  बुटवलमा मा ३५०–३५० माग गरिएको छ। यस्तै र सुनसरीमा ३००  र बाँकेमा २५० जना माग गरिएको छ।

इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने छन्। फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको छ। 

गरखपतर_सन_वजञपन_qQ7GCOPT0S1682043872.jpg

प्रकाशित मिति: ०८:४२ बजे, शुक्रबार, वैशाख ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्