Kathmandu Press

नक्कली विवरण बनाएर नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीनजना पक्राउ

वडाध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरागरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
नक्कली विवरण बनाएर नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीनजना पक्राउ

काठमाडौं, वैशाख ८ : नक्कली विवरण बनाएर नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । मावली हजुरबुवावाट बंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरागरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

 उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् ।

रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुलेपछि उनीहरू पक्राउ परेका हुन । गोप्य उजुरीको आधारमा उनीहरूलाई पक्राउगरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

उनका अनुसार नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष साबिरलाई बुधबार नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु भइसकेको छ ।

प्रकाशित मिति: ०८:२४ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्