Kathmandu Press

पाल्पाली संगमले काठमाडौँमा महोत्सव गर्ने 

यही बैशाख ९ गते शनिबार काठमाडौँ स्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेगरी  एक दिने महोत्सव आयोजना गरिएको संगमका अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिए ।
पाल्पाली संगमले काठमाडौँमा महोत्सव गर्ने 

काठमाडौँ, वैशाख ८ : विभिन्न जिल्लाबाट काठमाडौँ आई बसोवास गर्दै आएकाहरुको संभवतः सबैभन्दा पुरानो संस्थाको रुपमा रहेको पाल्पाली संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा पाल्पा महोत्सव २०८० आयोजना गर्ने भएको छ । 

यही बैशाख ९ गते शनिबार काठमाडौँ स्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेगरी  एक दिने महोत्सव आयोजना गरिएको संगमका अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिए ।

Hardik ivf

अनौपचारिक रुपमा विक्रम सम्बत् २०३२ सालदेखि नै विभिन्न गतिविधि गर्दै आईरहेको संगम बहुदल आएपछि २०४८ साल बैशाख ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पाल्पाली दर्ता भएको हो । त्यसैले हरेक बर्षको बैशाख ५ लाई संगमले आफ्नो स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।

स्थापना दिवसको अवसरमा शुभकामना वक्तव्य प्रकाशित गर्दै संगमका महासचिव जीवन भण्डारीले आफ्नो गृह जिल्लाप्रतिको उत्तरदायित्ववोध, लगाव र योगदान गर्न स्थापना दिवसले सबैलाई थप प्रेरणा र दृढता बढाओस् भन्ने कामना गरेका छन् । 

महोत्सवमा पाल्पाको स्थानीय कला संस्कृति झल्काउने कौरा तथा सोरठी नाच, खेली तथा चुट्कासँगै पाल्पाली कलाकारहरुको प्रस्तुती, रक्तदान, निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण, चुकाउनी, बटुकलगायतका पाल्पाली परिकार, ढाका तथा करुवा लगायतका पाल्पाली घरेलु उत्पादन, पाल्पासम्वन्धी फोटो, भिडियो र पुस्तक प्रदर्शन तथा विक्रि वितरण गरिने महासचिव भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: ०७:५१ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्