Kathmandu Press

म चितवनले रोपेको बिरुवा हुँ, अब जल चाहिएको छ : रावि लामिछाने 

म चितवनले रोपेको बिरुवा हुँ, अब जल चाहिएको छ : रावि लामिछाने 

काठमाडौं, वैशाख ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं चितवन(२ का उम्मेदवार रवि लामिछानेले आफू चितवनले नै रोपेको बिरुवा रहेको बताएका छन्। यसपल्ट आफूलाई जल चाहिएको बताएका छन् ।

उनले भने, ‘तपाईं आफैंले गत निर्वाचनमा रोपेको बिरुवा हुँ म । तपाईंले मल पनि हालिसक्नुभयो। यसपल्ट तपाईंहरुले जल हाल्नुपर्नेछ ।’

Hardik ivf

उनले आफू यहीँ थुनिएको र यहीँबाट संसद्‌मा पुगेको बताउँदै ‘न्याय चाहिएको भए चितवन जानू’ भन्ने अवस्था आएको बताए । 

उनले थपे, ‘फेरि देशलाई न्यायका लागि आएको छु । चितवनले देशलाई न्याय गर्नेछ। यो व्यक्ति जिताउन आएको होइन, युगलाई जिताउन आएको हो ।’

प्रकाशित मिति: १९:२० बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्