Kathmandu Press

रोजगारीका लागि ओमन पुर्‍याएर बेचेबिखन, दुई जना पक्राउ

रोजगारीका लागि ओमन पुर्‍याएर बेचेबिखन, दुई जना पक्राउ

काठमाडौं, वैशाख ७ : वैदेशिक रोजगार गर्न ओमन पुर्‍याई बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा इलाम फाकफोकथुम गाउँपालिका ६ घर भई काठमाडौँ गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक बलेफी गाउँपालिका ६ घर भई ललितपुरको भैँसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् ।

Hardik ivf

उनीहरूले पीडित व्यक्तिलाई वैदेशिक रोजगारका लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा पठाइदिन्छु भन्दै प्रलोभन देखाएका थिए । उनीहरूले तीन हजार ५०० ओमनी रियलमा ओमनी घर मालिकलाई बिक्री गरेका थिए । पीडित नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएका छन् ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्