Kathmandu Press

अर्थविद् विश्व पौडेल अर्थमन्त्रीको आर्थिक सल्लाहकार

पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन्। पौडेललाई अर्थ मन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ।
अर्थविद् विश्व पौडेल अर्थमन्त्रीको आर्थिक सल्लाहकार

काठमाडौं, वैशाख ७ : अर्थविद् विश्व पौडेल अर्थमन्त्री डा.प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन्।  

पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन्। पौडेललाई अर्थ मन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ।

उनी गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन– १ बाट नेपाली कांग्रेसका उम्मेदवार समेत थिए।

आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा पौडेलको अर्थ मन्त्रालय प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 
 
प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्