Kathmandu Press

उद्योग विभागले मिलायो स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था 

उद्योग विभागले मिलायो स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था 

काठमाडौं, वैशाख ७ : उद्योग विभागले विदेशी लगानीको स्वीकृति स्वचालित मार्गमार्फत गर्न सक्ने व्यवस्था गरेको छ ।  बिभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हाललाई दुई करोडदेखि १० करोडसम्मका परियोजनाहरु प्रस्ताव भएका तोकिएका उद्योगहरुमा स्वचालित मार्गमार्फत विदेशी लगानी गर्न सक्ने व्यवस्था गरिएको जनाएको हो ।

उक्त प्रणालीलाई पूर्ण कार्यान्वयन गदैै सरकारका सम्वद्ध निकायहरुसंग आवद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्नेगरि तयारी भइरहेको बिभागका महानिर्देशक रामचन्द्र तिवारीले जनाए ।

Hardik ivf

स्वचालित मार्ग अथवा अटोमेटिक रुटबाट विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौता मार्फत् लगानी गर्न सक्ने, लगानी स्वीकृत गर्न बिभाग आइरहनु नपर्ने उहाले बताए ।

भारत, बङ्गलादेश लगायतका छिमेकी मुलुकहरुमा समेत यो प्रणाली लागू भईसकेको बिभागले जनाएको छ । नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रकृयालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्