Kathmandu Press

काठमाडौंमा वायु प्रदूषण अन्त्यको माग, युवाहरुको बृहत प्रदर्शन

काठमाडौंमा वायु प्रदूषण अन्त्यको माग, युवाहरुको बृहत प्रदर्शन

काठमाडौं, वैशाख ७ : युवाहरुले वायु प्रदूषणको माग गर्दै काठमाडौंमा वृहत प्रदर्शन गरेका छन्। पाँच सयभन्दा बढी युवाहरुको सहभागितामा भृकुटिमण्डपदेखि प्रज्ञा प्रतिष्ठानसम्म ‘क्लाईमेट मार्च’ को आयोजना गरिएको थियो। 

मार्चमा युवाहरुले पृथ्वीको संरक्षण गर, हरित गृह ग्यास उत्सर्जन बन्द गर, वायु प्रदूषण अन्त्य गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए। पछिल्लो समय वायु प्रदूषणले आक्रान्त बनेको नेपाल विश्वमै पहिलो प्रदूषित शहर बनेको छ। 

Hardik ivf

‘गुड डिड्स डे तथा अर्थ डे’को सन्दर्भमा युथ एड्भोकेसी नेपाल र नाफानको संयोजन तथा राष्ट्रिय मानवअधिकार आयोग, गैरसहकारी संस्था महासंघको सहकार्य र कायापलट, ग्रास रुट डिभेलपमेन्ट फाउण्डेसन लगायत एक दर्जन बढी संघ(संस्थाको समन्वयमा वृहत क्लाइमेट मार्च आयोजना गरिएको हो। र्‍यालीसँगै युवाहरुले प्रतिष्ठानको सभा कक्षमा ‘वातावरण र जवाफदेहिता’ र वायु प्रदूषणका अन्त्यमा युवाको भूमिका विषयमा छलफल गरेका थिए।  

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तोपबहादुर मगरले वातावरण संरक्षणका लागि समयसमयमा सरकारलाई ध्यानाकर्षण गरे पनि यसको प्रभावकारी कार्यान्वयन नभएको बताए। उनले भने, ‘वायु प्रदूषण न्यूनीकरणका लागि सरकारलाई थप जवाफदेही बनाउन आयोगले पहल गरिरहेको छ।’

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, वैशाख ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्