Kathmandu Press

प्रज्ञा पुस्तक प्रदर्शनीमा दर्शन र साहित्य विधाका पुस्तकमा पाठकको अभिरुचि

प्रज्ञा प्रतिष्ठानको भानूभक्त प्रदर्शनी कक्षमा जारी प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ सम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ।
प्रज्ञा पुस्तक प्रदर्शनीमा दर्शन र साहित्य विधाका पुस्तकमा पाठकको अभिरुचि

काठमाडाैं, वैशाख ७ : नयाँ वर्षका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा दर्शन र साहित्य विधाका पुस्तकमा पाठकको अभिरुचि देखिएको छ।

प्रज्ञा प्रतिष्ठानको भानूभक्त प्रदर्शनी कक्षमा जारी प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ सम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ।

प्रदशनीमा आउने पाठकहरुले बिशेषगरि इतिहास दर्शन, भाषा साहित्य विधाका पुस्तकमा अभिरुची देखाएको प्रतिष्ठानका सहायक बजार व्यवस्थापक भरत सुवेदीले जानकारी दिए। त्यस्तै प्रज्ञा शव्दकोषको बिक्रि पनि धेरै हुने गरेको उनको भनाइ छ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य लगाएतका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएका छन्। प्रदर्शनी बैंशाख १८ गतेसम्म चल्ने प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति: १४:२० बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्