Kathmandu Press

एसीसी प्रिमियर कपः  बहराइनले सिंगापुरलाई दियो २८७ रनको लक्ष्य

एसीसी प्रिमियर कपः  बहराइनले सिंगापुरलाई दियो २८७ रनको लक्ष्य

काठमाडौं, वैशाख ७ : जारी एसीसी प्रिमियर कप अन्तर्गत समुह बि मा रहेको बहराइनले सिंगापुरलाई २८७ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाउदै २८६ रन बनाएको हो ।

Hardik ivf

बहराइनका लागि फैज अहमदले सर्बाधिक ७९ रन बनाएका थिए । त्यस्तै शाहबाज बाडरले ७६ रन बनाए भने सोहेल अहमदले ४६, कप्तान हैदर बटले २९ तथा मुहमद योउनिसले २३ रन बनाएका थिए ।

त्यसैगरी सिंगापुरका बलर रमेश कालिमुथु, थिलीपान ओमईदुरइ र विनोथ बास्करनले २(२ विकेट लिएका थिए ।

सिंगापुर यसअघि आफ्नो पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने बहराइनले आफ्नो पहिलो खेल खेलिरहेको छ ।

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्