Kathmandu Press

करिब पाँच किलो सुनाका गरगहनासहित दुई पक्राउ

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
करिब पाँच किलो सुनाका गरगहनासहित दुई पक्राउ

काठमाडाैं, वैशाख ७ : नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ।
     
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
     
पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औंठीलगायतका सुनका गहना प्रहरीले बुधबार राति बरामद गरेको हो।

यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ। गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:१९ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्