तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, वैशाख ७ : साप्ताहिक कारोबारको पाँचौं दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तोलामा ५०० रुपैयाँले घटेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ४५० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार भने छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य २५० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो ।
बिहीबार चाँदीको मूल्यमा भने कुनै फेरबदल नआएको महासंघले जनाएको छ । बुधबार जस्तै बिहीबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको छ ।