पश्चिम र पूर्वी पहाडी भागमा हल्का वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा वाग्मती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।
काठमाडौं, वैशाख ७ : आंशिक मौसम बदली भइ आज देशको पश्चिमी तथा पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का तथा क्षणिक वर्षा हुनेछ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव कायमै छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा वाग्मती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।
राति मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।
भोलि (शुक्रबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरी चल्नेछ ।
राति पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ भने लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।