Kathmandu Press

पीडितलाई न्याय हुनेगरी ऐन संशोधन गर्नुपर्ने माग

पीडितलाई न्याय हुनेगरी ऐन संशोधन गर्नुपर्ने माग

काठमाडौं, वैशाख ६ : न्यायका लागि मानवअधिकार नामक संस्थाले संक्रमणकालीन न्यायका पीडितलाई न्याय हुनेगरी सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग ऐन संशोधन गर्नुपर्ने माग गरेको छ।

‘सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग ऐन, संशोधनका लागि यस अगाडि पटकपटक आएका सुझाव ग्रहण गरेर मात्र संसदमा छलफलका लागि पेस गरी सङ्क्रमणकालीन न्यायका पीडितलाई न्याय पर्ने गरी मात्र ऐन संशोधन गर्न संसद् सदस्य, राजनीतिक दलका नेता तथा सरोकारवाला सबैमा अनुरोध गर्दछौँ’ संस्थाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ

Hardik ivf

विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कारबाहीका लागि नभई घुमाउरो पारामा उन्मुक्ति दिनका लागि सत्यनिरुपण तथा बेपत्ता छानविन ऐन, २०७१ लाई संशोधन गर्नेगरी संघीय संसदमा पेस भएको संशोधन विधयेक तथा यसै सन्दर्भमा राजनीतिक दल कारबाही र न्यायभन्दा पनि सङ्क्रमणकालीन मुद्दालाई टुंग्याउने मात्र उद्देश्यले गरिँदै आएको काम कारबाही तथा अभिव्यक्तिप्रति यस सञ्जालको गम्भीर चासो रहिआएको छ।’

 

प्रकाशित मिति: १९:५५ बजे, बुधबार, वैशाख ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्