Kathmandu Press

आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा

आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा

काठमाडौं, वैशाख ६ :  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आचारसंहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएकाले त्यो नै सैनिक पेसाको मुख्य शक्ति रहेको बताएका छन् । सेनाद्वारा आयोजित यस वर्षको सैनिक आचारसंहिताको समापन कार्यक्रममा बोल्दै उनले यसो बताएका हुन् । 

उनले भने, “हरेक सिपाहीले सैनिक आचरणको निरन्तर स्मरण र पालना गर्नुपर्छ, यो सैनिकको धर्म र कर्म हो ।” प्रधानसेनापतिले सङ्गठनको विशिष्टता कायम राखी राख्न चेन अफ कमाण्डलाई पूर्णरुपमा अनुशरण गर्दै एकढिक्का भई सेनाको मूल्य र मान्यताअनुरुप सङ्गठनको प्रतिष्ठा बढ्ने गरी जिम्मेवारी र कर्तव्य निर्वाह गर्न निर्देशन दिए । 

Hardik ivf

नेपाली सेनाले नयाँ वर्षको पहिलो हप्ता सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचारलगायत विषयमा जानकारी गराउन केही वर्षदेखि यस्तो कार्यक्रम सैनिक मुख्यालयमा सञ्चालन हुँदै आएको छ ।

कार्यक्रमा सैनिक मूल्य मान्यता, परम्परा र शिष्टाचार, सामाजिक सञ्जालको प्रयोग, भेटघाट तथा अभिव्यक्ति, आर्थिक कारोबार एवं बजेटलगायतका विषयमा सकल दर्जालाई ज्ञान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका  शिक्षक र शिक्षार्थीले पालना गर्नुपर्ने आचारसंहिता, भर्ना छनोट, लैङ्गिक आचरण तथा उपहारसम्बन्धी आचारसंहितामा विषय विज्ञबाट ज्ञानवद्र्धक प्रस्तुति भएको थियो । 

उक्त कार्यक्रम सेनाका सम्पूर्ण युनिटमा कार्यरत सकलदर्जामा पुग्ने गरी प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रकाशित मिति: १८:३० बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्