रविका चालकको अवस्था गम्भीर
गम्भीर घाइते थापालाई मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट एयर लिफ्ट गरेर काठमाडौं ल्याइएको थियो । तर अस्पतालका अनुसार थापाको स्वास्थ्यमा सुधार आउन सकेको छैन।
काठमाडौं, वैशाख ६ : तीन तला माथिबाट खसेर गम्भीर घाइते बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको अवस्थामा सुधार हुन नसकेको मेडिसिटी अस्पतालले जनाएको छ।
गम्भीर घाइते थापालाई मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट एयर लिफ्ट गरेर काठमाडौं ल्याइएको थियो । तर अस्पतालका अनुसार थापाको स्वास्थ्यमा सुधार आउन सकेको छैन।
सोमबार भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर थापा गम्भीर घाइते थिए । उनको घाँटी र टाउकोमा गंभिर चोट लागेको छ । छतबाट खसेर गम्भीर घाइते भएका थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमै शल्यक्रिया गरिए पनि सुधार नभएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको थियो।
मेडिसिटी अस्पताल प्रशासनले अहिले पनि थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालले थापाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेको छ ।
थापाको टाउको, घाँटी र छातीमा चोट देखिएको छ । घाइते थापाको अझै होस खुल्न सकेको छैन ।












