Kathmandu Press

पदभार सम्हाल्दै कानून मन्त्री खड्काले भने-ऐन निर्माणमा प्राथमिकता तोकेर काम गर्छौ 

पदभार सम्हाल्दै कानून मन्त्री खड्काले भने-ऐन निर्माणमा प्राथमिकता तोकेर काम गर्छौ 

काठमाडौं, वैशाख ६ : उपप्रधान, रक्षा एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरुको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताएका छन् ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले ऐनहरु प्राथमिकता तोकेर अगाडी बढाउने बताएका हुन् । उनले कतिपय संघीय ऐनहरु संसदमा पुगेर रोकिएका र कतिपय निर्माणकै क्रममा रहेका उल्लेख गर्दै ति सबै ऐनहरुको प्राथमिकता तोकेर काम अगाडी बढाइने बताएका हुन्।

Hardik ivf

मन्त्री खड्काले कानूनलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भुमिकालाई व्यवस्थित ढंगले गर्ने बताए । उनले ऐनहरु निर्माण गरेर जनताका अधिकारको कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यान रहेको उल्लेख गरे ।

उनले प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा थप आनौपचारिक छलफलको आवश्यकता परेकाले आज बसेको संवैधानिक परिषद्को बैठकले नियुक्ति प्रक्रिया अगाडी बढाउन नसकेको बताएका छन् ।

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, वैशाख ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्