महोत्तरीमा बस र मोटरसाइकल ठोक्किए, ६ वर्षीया बलिकासहित तीनको मृत्यु

महोत्तरी, वैशाख ६ : महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा एकै तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेका छन् ।
दुर्घटनामा घाइते भएकी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:२१ बजे, बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












