‘संविधानको रक्षाका लागि गठबन्धनमा मत हाल्नुपर्छ’
नेता सिंहले यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने सबैथाहा भएको उल्लेख गर्दै अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्न आग्रह गरे।
चितवन, वैशाख ६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन्।
भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले २०६२/६३ को परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए।
‘जनताको संघर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दललाई अधिकार दिनुस्,’ उनले भने, ‘अहिले देशमा राजनीतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठबन्धनमा मतदान गर्नुहोस्।’
नेता सिंहले यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने सबैथाहा भएको उल्लेख गर्दै अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्न आग्रह गरे।
संघीय सरकार गठबन्धनको सरकार भएको भन्दै उनले यसको गतिका लागि पनि चितवनमा कांग्रेसलाई जिताउनुपर्ने बताए। गठबन्धनको जीतसँगै विकास निर्माणमा समेत गति लिने उनको भनाइ थियो ।












