Kathmandu Press

एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरू

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सझाव दिएसँगै पौडेललाई भारत लगिएको हो
एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरू

काठमाडौं, वैशाख ६ : राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार सुरू भएको छ।

उनलाई  बुधबार बिहान एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लगिएकाे थियाे।

राष्ट्रपति कार्यालय सचिवालयका अनुसार अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा पुर्‍याए लगत्तै उपचार सुरू गरिएको हो। 

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ।

प्रकाशित मिति: १४:२८ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्