उमेश श्रेष्ठ भन्छन्-चितवन २ का जनता रविसँग असन्तुष्ट छन्

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसका नेता एवम् मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठले यस पटकको उपनिर्वाचनमा रवि लामिछाने तेस्रो स्थानमा धकेलिने बताएका छन् । चुनावी अभियानका क्रममा चितवन पुगेका श्रेष्ठले उपनिर्वाचनमा मंसिरको नतिजा उल्टिने पनि दाबी गरेका छन् ।
‘अहिले चितवन २ को अवस्था पाँच महिनापहिलेको जस्तो छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको क्रेज सकिँदै गएको छु, उनले भने, ुजसका कारण रास्वपा तेस्रोमा पुग्दा चुनावी प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुन्छ ।’
रविले मंसिर ४ मा ह्विम र लहडको भोट पाएको पनि उनको जिकिर थियो। ‘त्यसबेला रविले पाएको भोट ह्वीमको हो । त्यसबेला चितवनका जनता बहकिएका थिए', उनले भने, 'तर यसबीचमा राजनीतिक माहोल फेरिएको छ । रविजी र रास्वपाका गतिविधिबाट जनता सन्तुष्ट छैनन् । जनताले चिनिसके। त्यसैले पहिले जसरी चितवन २ का मतदाता बहकिने सम्भावना छैन ।’
श्रेष्ठले चितवनमा रास्वपाको जनाधार पनि नरहेको तर्क गरे । उनले रविको पक्षमा देखिएको मतलाई एउटा लहर मात्रै भनेका छन् ।
'चितवनमा रास्वपाको कुनै जनाधार छैनु, उनले भने, 'विगतमा नानीमैया दाहाल र गोल्छे सार्कीको जस्तै ह्विम आएको हो । तर अब त्यो अवस्था छैन ।'












