Kathmandu Press

पहाडी भू–भागमा बर्षाको सम्भावना 

दिउँसो देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 
पहाडी भू–भागमा बर्षाको सम्भावना 

काठमाडौं, बैशाख ६ : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागको मौसम समान्यतया सफा रहेको छ।

दिउँसो देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू–भागहरुमा तुवाँलोको सम्भावना रहेको छ ।

राती भने देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, वैशाख ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्