Kathmandu Press

सुदिलकाे गाेलमा आर्मीले मनाङलाई हरयाे

मंगलबार साँझ त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा भएको खेलमा मनाङ विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग १–०ले पराजित भयो।
सुदिलकाे गाेलमा आर्मीले मनाङलाई हरयाे

काठमाडाैं, वैशाख ५ : सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले लागतार तेस्रो हार बेहोरेको छ।

मंगलबार साँझ त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा भएको खेलमा मनाङ विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग १–०ले पराजित भयो।

यसअघि मनाङ सातदोबाटो युथ क्लबसँग १–० र जावलाखेल युथ क्लबसँग ३–०ले पराजित भएको थियो।

मनाङविरुद्ध आर्मीलाई जित दिलाउन सुदिल राईले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ७५ औं मिनेटमा गोल गरेका थिए।

सुदिलले जगजितको फ्रिकिकमा मनाङका डिफेन्डर जीवन गुरुङले रोकेपछि आएको रिबाउन्डमा गोल गरेका थिए।

प्रतियोगितामा चौथो जितसँगै आर्मी १५ अंकसहित थो स्थानमा उक्लिएको छ। यता, मनाङ भने १५ अंक नै भएपनि पाँचौं स्थानमा छ।

प्रकाशित मिति: २०:५६ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्