Kathmandu Press

रवि लामिछानेका गाडी चालकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो 

रवि लामिछानेका गाडी चालकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो 
Hardik ivf

काठमाडौं, वैशाख ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याईएको छ । 

सोमबार छतबाट खसेर गम्भीर घाइते भएका थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ३६ घण्टा उपचार गर्दा पनि सुधार नभएपछि उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा पठाइएको छ । 

सभापति लामिछानेका अनुसार अत्यन्त गम्भिर स्थीतिमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सक ज्यूहरु तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरि काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा पठाईएको हो ।

प्रकाशित मिति: १७:५३ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्