Kathmandu Press

रवि लामिछानेका चालकको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे काँग्रेस सांसद मोहन बस्नेत

रवि लामिछानेका चालकको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे काँग्रेस सांसद मोहन बस्नेत

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको स्वास्थ्य अवस्था बुझेका छन् ।

सोमबार छतबाट खसेर गम्भीर घाइते भएका थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेज पुगेर सांसद बस्नेतले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । सवारी चालक थापा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका हो ।

Hardik ivf

अस्पतलमा पुगेर थापाको पछिल्लो अवस्थाको बारेमा चिकित्सकसँग छलफल गरेको उनले बताए । अस्पताल पुर्याउँदाको अवस्थाभन्दा अहिले स्वास्थ्यमा सुधार आएको जानकारी डाक्टरहरुबाट प्राप्त भएको बताए ।

उनले उपचारका निमित्त कुनै कुराको अभाव हुन नदिन आग्रह गर्दै आवश्यक सहयोग गर्ने घाइतेका परिवार र अस्पताल प्रशासनसँग प्रतिबद्धता गरेको बताए ।

 

प्रकाशित मिति: १७:३६ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्