मिटरब्याज पीडितलाई वृहत नागरिक आन्दोलनको साथ, भोलि मार्च पास गर्ने
मिटरब्याज पीडितहरुमाथि वैशाख ४ गते प्रहरीले अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्दै मानव अधिकार मार्च पास गर्न लागेको हो ।1681817653.jpg)
काठमाडौं, वैशाख ५ : मिटरब्याज पीडितहरुमाथि प्रहरीले गरेको दमनविरुद्ध वृहत नागरिक आन्दोलनले बुधबार ‘मानव अधिकार मार्च पास’ गर्ने भएको छ । मिटरब्याज पीडितहरुमाथि वैशाख ४ गते प्रहरीले अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्दै मानव अधिकार मार्च पास गर्न लागेको हो ।
साथै आन्दोलनले मानव-अधिकार उलङ्घन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोड्दार माग गरेको छ । जारी विज्ञप्ति अनुसार आन्दोलनले बुधबार शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च पास गरिने छ । मार्च पासमा सहभागी हुन सबै नागरिकमा आह्वान समेत गरिएको छ ।
‘सरकार, दलहरूलगायत सबैलाई जिम्मेवार बन्न आह्वान गर्दै बृहत् नागरिक आन्दोलनको नेतृत्वमा यही वैशाख ६ गते आयोजना गरिएको ‘मानव–अधिकार मार्च‘मा सहभागी हुन आम नागरिक सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति:-

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












