Kathmandu Press

प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९’ पेस गरेकी हुन्।
प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेस

काठमाडौं, वैशाख ५ : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९’ पेस गरेकी हुन्।

Hardik ivf

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्नेछ।

प्रकाशित मिति: १६:५४ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्