Kathmandu Press

बारा २ मा बाबुरामले उपेन्द्र यादवलाई नसघाउने

बारा २ मा बाबुरामले उपेन्द्र यादवलाई नसघाउने

काठमाडौं, वैशाख ५ : नेपाल समाजवादी पार्टीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नसघाउने भएका छन् । केन्द्रीय कार्यालय सुविधानगरमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ मा सत्ता गठबन्धनका उम्मेदवार यादवलाई नसघाउने निर्णय गरेको एक नेताले बताए ।

नेसपाका अध्यक्ष बाबुराम भट्टराईले चितवन २ र तनहुँ १ मा भने कांग्रेसका उम्मेदवारहरु जीतनाराण श्रेष्ठ र गोविन्द भट्टराईलाई सघाउने भएपनि बारा २ का उम्मेदवार यादवलाई नसघाउने निर्णय गरेको हो । 

Hardik ivf

नेसपालाई तनहुँ र चितवनमा आफ्ना उम्मेदवारलाई सघाउन आग्रहसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्र पठाएका थिए । 

उक्त पत्रबारे छलफल गरेपछि नेसपाले दुई क्षेत्रमा कांग्रेसलाई सघाउने निर्णय लिएको हो । तर बारा २ मा भने नसघाउने जनाएका हुन् । नेसपा र जसपा सत्तारुढ ९ दलीय गठबन्धनमा छन् । यसअघि नेसपाका अध्यक्ष भट्टराई र जसपाका अध्यक्ष यादव एकै दलमा थिए । 
 

प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्