Kathmandu Press

मिटरब्याज पीडितमाथि बल प्रयोग गरिएकोमा मानवअधिकार आयोगको ध्यानाकर्षण

मिटरब्याज पीडितमाथि बल प्रयोग गरिएकोमा मानवअधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, वैशाख ५ : राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा रहेका मिटरब्याजी पीडितहरूमाथि प्रहरीले बल प्रयोग र धरपकड गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

घटनाको स्थलगत अनुगमन गरेको भन्दै आयोगले शान्तिपूणर्ण धर्नामा रहेका मिटरब्याजपीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लागाइएको र सोही क्रममा झडप भई प्रहरीको उक्त दमनबाट अन्तर्राष्ट्रिय घोषणापत्र र नागरिकले मर्यादित रुपले विचार राख्ने र शान्तिपूर्ण गतिविधि गर्न पाउने अधिकारको गम्भीर उल्लंघन भएको जनाएको छ ।

Hardik ivf

‘धर्नामा रहेका व्यक्तिहरुलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितहरुले प्रयोग गरिरहेको खाना पकाउने ग्याँस, खाद्यान्नलगायतका सामग्रीहरु जबर्जस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धाहरुलाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएको आयोगको अनुगमनमा पाइएको छ । 

प्रहरीको कुटपिटबाट घाइते भई काठमाडौँको ट्रमा सेन्टरमा उपचाररत व्यक्तिहरु, अस्पताल प्रशासन तथा महानगरीय प्रहरीवृत्त दरबारमार्गमा राखिएका व्यक्तिहरुलाई समेत अयोगको अनुगमन टोलीले भेट गरी जानकारी लिएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

‘मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९, नेपालको संविधानको धारा १७ एवम् नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ मा उल्लेखित नागरिकको मर्यादित रुपमा विचार राख्ने र शान्तिपूणर् गतिविधि गर्ने स्वतन्त्रताको गम्भीर उल्लंघन भएको छ ।

नागरिकहरुका यी अधिकारहरुको सुनिश्चितता गर्नु राज्यको दायित्व हुन्छ’, प्रहरी धरपकडबारे आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्