Kathmandu Press

भीम आचार्यको प्रश्न- सरकारले पूर्णता पाउन कति वर्ष लाग्छ ? 

भीम आचार्यको प्रश्न- सरकारले पूर्णता पाउन कति वर्ष लाग्छ ? 
Hardik ivf

काठमाडौं, वैशाख ५ : नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारलाई प्रश्न उठाएको छ । सरकारले अझै पूर्णता पाउन नसकेको भन्दै उनले आपत्ति जनाएका छन् । ६ महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो । 

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनी सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गरे ।  

उनले सरकारलाई संसद्प्रति जबाफदेही हुन पनि सचेत गराए । सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रष्ट ढंगले राखेर अघि बढ्नुपर्ने उनको माग थियो ।   सांसद आचार्यले सरकारले जे मन लाग्यो, त्यही गर्न नमिल्ने पनि बताए ।   

प्रकाशित मिति: १५:११ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्