Kathmandu Press

संद्मा विनोद चौधरीले भने- प्रधानमन्त्रीको भारत भ्रमणमा गण्डक नहरको विषय उठोस्  

संद्मा विनोद चौधरीले भने- प्रधानमन्त्रीको भारत भ्रमणमा गण्डक नहरको विषय उठोस्  
Hardik ivf

काठमाडौं, बैशाख ५ : नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउनुपर्ने सुझाव दिएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद् चौधरीले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुवानमा परेको बताएका हुन् । 

‘भारत र नेपालका बीचमा ५० वर्ष पुराना जीर्ण भएका संरचनाहरु पुननिर्माण गर्ने बारेमा कुनै दुविधा छैन, एग्रिमेन्टहरु पटक पटक तयार पारिन्छन्’ चौधरीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस् र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस् ।’

प्रकाशित मिति: १४:४० बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्