Kathmandu Press

बिस्काः जात्राको अन्तिम दिन : हात नभएको लिंगाे ढालियाे

गत वर्षको अन्तिम दिन चैत ३० गते ठड्याइएको उक्त हात नभएको लिङ्गो मंगलबार ढाालिएको हो। प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ।
बिस्काः जात्राको अन्तिम दिन : हात नभएको लिंगाे ढालियाे

भक्तपुर, वैशाख ५ : भक्तपुरको प्रसिद्ध  बिस्काः जात्राको अन्तिम दिन तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिंगाे ढालिएको छ।

गत वर्षको अन्तिम दिन चैत ३० गते ठड्याइएको उक्त हात नभएको लिङ्गो मंगलबार ढाालिएको हो। प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ।

त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा रहेको छ।

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ।

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्