Kathmandu Press

एनओसी दिन रोक लगाइएको भन्दै विद्यार्थीहरुकाे प्रदर्शन

स्नातक वा सो भन्दा माथिल्लो तहको अध्ययनका लागि मात्रै एनओसी दिने सरकारले निर्णयले आफुहरु मर्कामा परेको भन्दै विद्यार्थीहरुले काठमाडौको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।
एनओसी दिन रोक लगाइएको भन्दै विद्यार्थीहरुकाे प्रदर्शन

काठमाडौं, वैशाख ५ : पढ्न विदेश जाने विद्यार्थीहरुलाई नो अव्जेक्सन लेटर (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

स्नातक वा सो भन्दा माथिल्लो तहको अध्ययनका लागि मात्रै एनओसी दिने सरकारले निर्णयले आफुहरु मर्कामा परेको भन्दै विद्यार्थीहरुले काठमाडौको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।

Hardik ivf

प्रदर्शनमा उत्रिएकाहरुले एनओसी निर्देशिका खारेज गर, हामीलाई एनओसी चाहियो लगााएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ जारी गर्दै शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने उल्लेख छ।

जसका कारण लामो समयदेखि भाषा पढिरहेका विद्यार्थीहरु अन्याेलमा रहेका छन्। 

341094999_2695104730629852_7791291554355152705_n1681805181.jpg

341302397_560931399479430_7067680228950739238_n1681805178.jpg

341159304_748108666947587_8335053418573727962_n1681805178.jpg

प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्