Kathmandu Press

मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा 

मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा 

काठमाडौं, बैशाख ५ : मिटरब्याज पीडितहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । 

शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरूलाई सरकारले दमन गरेको भन्दै उनिहरुले मंगलबार दिउँसो काठमाडौंस्थित माइतिघरमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् । 

Hardik ivf

सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारपछि उनिहरु घाइतेसमेत भएका थिए । आफूहरूका माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको प्रदर्शनमा उत्रिएका उनिहरुले बताएका छन् । 

आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनि दिएका छन् । 

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्