Kathmandu Press

तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए।
तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

कालीकोट, वैशाख ६ : कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति (रासस) कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझै फेला परेका छैनन्।

तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए।

शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न गएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनका तर्फबाट जिसस सदस्यमा निर्वाचित भएका थिए। 

उनको स्थानीय र प्रहरीले शनिबारदेखि खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए।

प्रकाशित मिति: १५:०४ बजे, सोमबार, वैशाख ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्