आजको मौसम : गण्डकी र कर्णालीमा क्षणिक वर्षा
सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौं, वैशाख ४ : मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू भागका थोरै स्थान र बाँकी पहाडी भू भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ०८:५६ बजे, सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












