Kathmandu Press

तनहुँको पिउरी दोभानमा जीप दुर्घटनाः चालकको मृत्यु, सात घाइते

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 
तनहुँको पिउरी दोभानमा जीप दुर्घटनाः चालकको मृत्यु, सात घाइते

काठमाडौं, वैशाख ४ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात यात्रु घाइते भएका छन् । 

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

Hardik ivf

दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट एक सय आठ फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

जीप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन् । 

घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । 

प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, वैशाख ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्