Kathmandu Press

वेस्टहमसँग आर्सनल रोकियो

आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।
वेस्टहमसँग आर्सनल रोकियो

काठमाडाैं, वैशाख ३ : बुकायो साकाले पेनाल्टीमा गोल गर्न नसकेपछि लिड लिडर आर्सनल प्रिमियर लिगमा बराबरीमा रोकिएको छ। आइतबार भएको खेलमा आर्सनल रेलिगेसन जोनमा रहेको वेस्टहमसँग २–२को बराबरीमा रोकियो।

यो बराबरीले आर्सनललाई उपाधि होडमा धक्का लागेको छ। यता, म्यान्चेस्टर सिटीलाई प्रत्यक्ष फाइदा भएको छ। आर्सनल ७४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको सिटीको ७० अंक छ। उसले एक खेल कम खेलेको छ।

अब १० दिनपछि आर्सनल र सिटीको खेल रहेकाले यो खेल उपाधि होडमा निर्णायक हुन सक्छ। यो खेल सिटीले जिते उसले अर्सानल माथि २ अंकको अग्रता बनाउने छ।

Hardik ivf

आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । उसका लागि ग्याब्रिअल जेसुस र कप्तान मार्टिन ओडेगार्डले गोल गरे भने वेस्टहमका साइद बेनरामा र जरोड बोवेनले गोल गरे।

खेलमा सातौं मिनेटमै जेसुसले आर्सनल अग्रता दिलाए। त्यसको ३ मिनेटपछि ओडेगार्डले टिमको अग्रता दोब्बर बनाए।

३३ औं मिनेटमा बेनरामाले गोल गर्दै वेस्टहमलाई खेलमा फर्काए। उनले पेनाल्टीमा गोल गरेका थिए। पहिलो हाफ २–१मै सकियो।

दोस्रो हाफको सुरुआतमै आर्सनलले अग्रता बढाउने अवसर पायो । तर, ५२औं मिनेटमा प्राप्त पेनाल्टीमा बुकायो साकाले गोल गर्न सकेनन्। लगत्तै वेस्टहमले खेललाई बराबरीमा ल्यायो। ५४औं मिनेटमा उसका बोवेनले गोल गरे।

यो बराबरीपछि वेस्टहम रेलिगेशन जोनबाट केही माथि उक्लिएको छ। ३१ अंकसहित १५औं स्थानमा छ। यो १८औं स्थानको नटिङ्हम फरेस्ट भन्दा ४ अंक मात्र बढी हो।

 

प्रकाशित मिति: २१:२० बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्