Kathmandu Press

ज्याग्दीखोला करिडोर र तटबन्ध निर्माणका लागि बजेट विनियोजन गर्न सांसद थापाको माग

आइतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद थापाले स्याङ्जाको पूर्वी भागबाट बग्ने ज्याग्दीखोला करिडोरको निर्माण कार्य २०७० देखि अगाडी बढेको भएपनि बजेट अभाव भएको भन्दै उनले यस्तो माग गरे।
ज्याग्दीखोला करिडोर र तटबन्ध निर्माणका लागि बजेट विनियोजन गर्न सांसद थापाको माग

काठमाडौं, वैशाख ३ : नेपाली कांग्रेसका सांसद राजु थापाले ज्याग्दीखोला करिडोर र तटबन्धन निर्माण कार्यका लागि बजेटको माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद थापाले स्याङ्जाको पूर्वी भागबाट बग्ने ज्याग्दीखोला करिडोरको निर्माण कार्य २०७० देखि अगाडी बढेको भएपनि बजेट अभाव भएको भन्दै उनले यस्तो माग गरे।

Hardik ivf

उनले ज्याग्दी खोला गण्डकी प्रदेशको लोकसंस्कृतिसँग समेत जोडिएको स्मरण समेत गराए ।

करिडोरले स्याङ्जा, तनहुँ नवलपरासी पाल्पालाई प्रभावित गर्ने हुँदा २०८०र०८१ को बजेटमा यो करिडोरलाई समावेश गरी निर्माण कार्य सुरु गर्नका लागि सरकारको ध्यानाकर्षण गराए।

यस्तै ज्याग्दीखोला तटबन्धन नबन्दा स्याङ्जाका विरुवा फाँट, चिन्नेबास र दार्सिङको खेतीयोग्य उर्बर भूमी अति जोखिममा परेकोले तटबन्धको निर्माण कार्यलाई अगाडि बढाउन उनले बजेटको माग गरे।

यसअघि थापाले केही दिनअघि मात्र आधिखोला तटबन्ध निर्माणका लागि बजेट माग गरेका थिए ।

प्रकाशित मिति: १७:०५ बजे, आइतबार, वैशाख ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्