Kathmandu Press

मन्त्री लामालाई गृह जिल्लामा भव्य स्वागत

मन्त्री लामालाई पार्टीका विभिन्न कार्यसमिति, भातृ संस्थाले कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएका छन् भने विभिन्न टोल बस्तीमा उनको भव्य स्वागत गरेका छन्।
मन्त्री लामालाई गृह जिल्लामा भव्य स्वागत

काभ्रे, वैशाख २ : बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामालाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ।

मन्त्री लामालाई पार्टीका विभिन्न कार्यसमिति, भातृ संस्थाले कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएका छन् भने विभिन्न टोल बस्तीमा उनको भव्य स्वागत गरेका छन्।

नेपाली कांग्रेस बनेपाले शनिबर औपचारिक कार्यक्रम नै गरेर मन्त्री लामालाई बधाई तथा शुभकामना दिएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पनि पार्टी कार्यालय काभ्रेमा नै बधाई तथा शुभकामना दिएको छ।

340672767_1878461749178000_3986888997252410903_n1681569882.jpg

यस्तै, नेपाल तरुण दल काभ्रे, नेपाल दलित संघ काभ्रेले पनि प्रदेश सरकारमा काभ्रेका प्रतिनिधित्व भएको भन्दै नवनियुक्त मन्त्री लामालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

दाप्चा पुगेका मन्त्री लामालाई स्थानीयले घडा नै राखेर स्वागत गर्दै सगुन समेत दिएका थिए भने नमोबुद्ध नगरपालिका वडा नं ९ ले पनि मन्त्री लामालाई स्वागत गरेको छ ।

329806449_925759385212379_7021088845598944634_n1681569877.jpg

बनेपामा सम्मानपछि बोल्दै मन्त्री लामाले काभ्रेका जनताको जीवनस्तर उकास्न गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले काभ्रेको माटो नै आफ्नो जग भएको भन्दै सबैको साथ, सहयोग र सुझावका आधारमा अघि बढ्ने बताए ।

लामा गत मंसिरमा भएको निर्वाचनमा काभ्रे १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०:२६ बजे, शनिबार, वैशाख २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्