Kathmandu Press

गुल्मीमा आगलागीमा परेर एक वृद्धको मृत्यु

मृत्यु हुनेमा सत्यवती–४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
गुल्मीमा आगलागीमा परेर एक वृद्धको मृत्यु

गुल्मी, वैशाख २ : गुल्मीको सत्यवती गाउँपालिकामा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा सत्यवती–४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

Hardik ivf

घाँस काट्ने क्रममा खरबारीमा लागेकाे आगोमा परी उनी घाइते भएका थिए। स्थानीयले उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी रिडीबाट प्रहरी निरीक्षक नेतृत्वको टोलीले घटना स्थलको मुचुल्क उठाएर शव पोष्ट मार्टमका लागि श्रृंगा घटनास्थलमा पुगेर बताइएको छ।

घटना बारे थप अनुसन्धा भइरहेको प्रहरीको भनाइ छ। खरबारीको आगो स्थानीय र प्रहरीले नियन्त्रण लिएको जनाइएको छ।

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, वैशाख २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्