Kathmandu Press

नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद

विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ।
नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद

बाँके, वैशाख २ : बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ।

शुक्रबार विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ।

Hardik ivf

प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो। श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला पारेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तिमगरका अनुसार क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ।

प्रकाशित मिति: ०६:५९ बजे, शनिबार, वैशाख २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्