Kathmandu Press

‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’

विभिन्न संघसंस्थाको आयोजनामा आठौं राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपरान्ह् ४ः४९ देखि ५ः३० सम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। 
‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’

काठमाडाैं, वैशाख १ : राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ।

विभिन्न संघसंस्थाको आयोजनामा आठौं राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपरान्ह् ४ः४९ देखि ५ः३० सम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। 

अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्व दर्शाउने उद्देश्यले आज देशका २४ वटा जिल्लामा‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको बताए।

उनले भने, 'पछिल्लो समयमा नागरिकमा राष्ट्रियताको भावनाको कमी हुँदै गएको छ, नागरिकमा राष्ट्रियता जगाउन पनि महोत्सवको आयोजना गरिएको हो।'

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्