Kathmandu Press

बिस्का जात्राअन्तर्गत भेलुखेलमा योसिंःद्यो ढालियाे

बिहीबार ठड्याइएको ५५ हाते योसिंःद्यो लाई शुक्रबार तान्त्रिक विधि पूर्वक ढालिएको हो। अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ।
बिस्का जात्राअन्तर्गत भेलुखेलमा योसिंःद्यो ढालियाे

भक्तपुर, वैशाख १ : भक्तपुरको प्रसिद्व बिस्का जात्राअन्तर्गत नयाँ वर्षको दिन भेलुखेलमा योसिंःद्यो ढालिएको छ।

बिहीबार ठड्याइएको ५५ हाते योसिंःद्यो लाई शुक्रबार तान्त्रिक विधि पूर्वक ढालिएको हो। अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ।

Hardik ivf

त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालिको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ। लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो।

भैरवनाथको प्रतिक मानिने लिङ्गोको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्ड्याउने चलन छ । यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजा समेत भन्ने गरिन्छ।

यी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ ।

बिस्केट जात्राको छैठौ दिन अर्थात वैशाख २ गते मध्यपुर थिमि बालकुमारी स्थित बिहान सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ। 

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, वैशाख १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्