Kathmandu Press

राष्ट्रपति पौडेलद्वारा पत्रकार कुइँकेल विभूषित

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले पत्रकार कुइँकेललाई जनसेवाश्री पदकबाट सुशोभित गरेका हुन्।
राष्ट्रपति पौडेलद्वारा पत्रकार कुइँकेल विभूषित

काठमाडौं, वैशाख १ : वैशाख राष्ट्रपति रामचन्द्र पौडेलबाट पत्रकार एवं मानवअधिकारकर्मी राजनप्रसाद कुइँकेल विभूषित भएका छन्।

विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले पत्रकार कुइँकेललाई जनसेवाश्री पदकबाट सुशोभित गरेका हुन्।

Hardik ivf

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले उक्त मानपदवी, अलंकार र पदक शुक्रबार प्रदान गरेका हुन्। नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ।

राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा असोज ३ गते विभूषण घोषणा गरिएको थियो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको थियो। र्

यस वर्ष नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइएको छ। भने राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन्। यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित भएका छन्।

राष्ट्र र जनताकाे पक्षमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ।

विभूषित कुइँंकेल विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन् भने मानवअधिकार क्षेत्रमा पनि उत्ति नै समयदेखि अभियानरत छन्। कुइँकेल विश्वकै प्रतिष्ठित मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाको अध्यक्षसमेत रहिसकेका छन्।

प्रकाशित मिति: १७:०० बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्