Kathmandu Press

रवि लामिछानेविरुद्ध पत्रकारले दिए अख्तियारमा उजुरी 

भण्डारीले शुक्रबार रास्वपा सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइनमार्फत उजुरी दिएका हुन्।
रवि लामिछानेविरुद्ध पत्रकारले दिए अख्तियारमा उजुरी 

काठमाडौं, वैशाख १ : पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति रवि लामिछानेले भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

भण्डारीले शुक्रबार रास्वपा सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइनमार्फत उजुरी दिएका हुन्।

लामिछानेले गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आव्हान गरेको उजुरीमा दाबी छ। उजुरी शुक्रबार नै दर्ता भइसकेको छ।   
 
प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्