Kathmandu Press

मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने

आफ्ना माग पूरा गर्नका लागि दबाब दिन भन्दै आगामी वैशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने उनीहरुले जनाएका छन्। यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो।
मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने
फाइल तस्बिर

काठमाडाैं, वैशाख १ : सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने भएका छन्।

आफ्ना माग पूरा गर्नका लागि दबाब दिन भन्दै आगामी वैशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने उनीहरुले जनाएका छन्। यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो।

वार्ता भंग भएपछि उनीहरु काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिदै आएका छन्।  मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ। मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन्। मिटरब्याजी पीडित

चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन्। 

प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, वैशाख १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्